Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यागमन विभागको ट्राभल एडभाइजरी: यी १२ देशका नागरिकले दुवै खोप लगाए पनि भिसा नपाउने

काठमाडौं । स्वीजरल्याण्डसहित विभिन्न १२ वटा मुलुकका नागरिकहरुले कोभिड-१९ विरुद्दको दुवै खोपको मात्रा पुरा गरे पनि नेपाल प्रवेश गर्न अनअराइभल भिसा नपाउने भएका छन्।

शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गर्दै स्वीजरल्याण्डसहित नाइजेरिया, घाना, जिम्बावे, क्यामरुन, सोमालिया, लाइबेरिया, इथोपिया, इरान, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले दुवै खोप लगाए पनि नेपाल प्रवेश गर्दा अनअराइभल भिसा नपाउने जनाएको हो ।

अध्यागमनका अनुसार यदी ती मुलुकका नागरिकहरुले नेपाल आउन चाहेमा विदेशस्थित नेपाली कुटनीतिक नियोगबाट भिसा लिइ आउन सक्नेछन्।

यस्तो छ अध्यागमनको सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077