Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन: मधेशमा एमाले र लोसपाबीच गठबन्धन

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ । आगामी माघ १२ मा राष्ट्रियसभा निर्वाचन हुदैछ ।

बिहीबार जनकपुरधाममा दुबै पार्टीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन घोषणा गरेका हुन् । जनकपुरस्थित शुभम् होटलमा यी दुई दलबचीका नेताहरुले पत्रकार सम्मेलन गरेर गठबन्धन घोषणा गरेका हुन् ।

एमालेबाट अन्यतर्फ उसमान अन्सारी र लोसपाबाट महिलातर्फ रुपा यादवको उम्मेदवारी कायम भएको छ । मधेश प्रदेशमा एमालेबाट विना देवी र पर्साका उसमान अन्सारीले उम्मेदवारी दिएका थिए । त्यस्तै लोसपाबाट महोत्तरीकी रुपाकुमारी यादवको उम्मेदवारी परेको थियो । यस्तोमा लोसपासँगको गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

गठबन्धनको घोषणा कार्यक्रममा एमाले सचिव रघुवीर महासेठ र पोलिटब्युरो सदस्यद्वय जुली महतो र लीलानाथ श्रेष्ठ पनि उपस्थित भएका थिए । भने लोसपाका मधेश प्रदेश संसदीय दलका नेता तथा प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनल, लोसपा सचेतक परमेश्‍वर साहसहित दुवै दलका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरु पनि उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077