Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

६९ यात्रु बोकेर नेपालगञ्ज उडेको बुद्द एयरमा सवार एक महिला जहाजभित्रै बेहोस

बाँके । बिहीबार बिहान काठमाडाैंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६९ जना यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाजमा एक महिला बेहोस भेटिएकी छन् ।

निर्धारित समयभन्दा झन्डै पौने घण्टापछि नेपालगञ्ज विमानस्थलमा अवतरण भएको जहाजमा सवार एक महिला बेहोस भएकी हुन् । उनको राँझामा रहेको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो ।

बेहोस अवस्था भेटिएकी यात्रुको समाचार तयार पार्दासम्म होस आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले  जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077