Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन: कोरोना संक्रमितले पनि भोट हाल्न पाउने

काठमाडौं । आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न पाउने भएका छन् ।

बुधबार निर्वाचन आयोगले राष्ट्रियसभा चुनावबारे १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने गरी व्यवस्था गरेको हो।

कोरोना संक्रमित भएको भए पनि एक व्यक्तिबाट अर्को व्यक्तिलाई नसर्ने गरी भोट हाल्न पाउने व्यवस्था मिलाउने भन्ने भएको आयोग स्रोतको भनाइ छ । आयोगका अनुसार संक्रमित भएकाहरुलाई भोट हाल्न मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिनेछ ।

राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । निर्वाचन आयोगले ७ वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077