Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ललितपुरमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले भोलि बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो।

'आजबाट नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी फाँतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ,' प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायद्वरा जारी सूचनामा उल्लेख छ।

यस्तै, शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा जारी रहने सूचनामा उल्लेख छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। मंगलबारमात्रै संक्रमितको संख्या १० हजार भन्दा माथि रहेको थियो।

यस्तो छ सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077