Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • बर्जु महोत्सव घटना: खेसरीलाल यादवले भने- दर्शकको कुनै दोष छैन्, आयोजकले क्षतिपूर्ति दिनुपर्छ

    बर्जु महोत्सव घटना: खेसरीलाल यादवले भने- दर्शकको कुनै दोष छैन्, आयोजकले क्षतिपूर्ति दिनुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 2.2K
    SHARES

    रामनारायण यादव / सुनसरी  । सुनसरीमा आयोजित कार्यक्रममा भोजपुरी स्टार खेसरीलाल यादव नआएपछि दर्शकले कार्यक्रम स्थललाई युथमा परिणत गराएका थिए। पुस २३ गतेबाट बर्जु महोत्सव संचालनको इजाजत दिएको प्रशासनले कोरोना संक्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो ।

    बर्जु महोत्सवको मंगलबार अन्तिम दिन भोजपुरी स्टार खेसरीलाल यादव नआएको झोकमा दर्शकले विध्वंस मच्चाए । महोत्सवस्थलमै चारवटा स्करर्पिओ गाडीमा तोडफोड र आगजनी समेत भएको थियो ।



    कलाकार यादवले यस विषयमा मुख खोल्दै सबै दोष आयोजकलाई दिएका छन् । आफू बसेको होटलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रशासनले दिएको अनुमति रद्द भएको विषयमा आयोजकले आफूलाई कुनै जानकारी नदिएको गुनासो गरे । साथै, मंगलबार भएको घटनामा आफ्नो डेढ करोडको क्षति भएको दावी गर्दै उनले आयोजकले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।



    यादवले भने, ‘यो घटनामा जनताको कुनै दोष छैन, न त प्रशासनको न मेरो दोष छ । दोषी भनेका आयोजक हुन् । उनीहरुले मलाई नै सहि कुरा बताएको भए यस्तो अवस्था आउने थिए ।

    उनले घटनामा आफ्नो टोलीका सदस्यहरु घाइते भएको र चारवटा स्करपिओ जलेको बताए । यस विषयमा आयोजकले क्षतिपूर्ति दिनुपर्ने भन्दै उनले यसका लागि प्रशासनको सहयोग लिने बताएका छन् । यादवका अनुसार उनलाई महोत्सवमा आयोजकले टिकट बेचेको समेत जानकारी थिएन । आफू दर्शकलाई मनोरञ्जन दिलाउन आएको तर नपाउँदा दुख लागेको उनको भनाइ छ ।

    दुई दिन अगाडि नै जिल्ला प्रशासन कार्यालयले कोभिड महामारीका कारण भिडभाड गर्न नमिल्ने भन्दै कार्यक्रम रोक्न आदेश दिएको थियो । तर, आयोजकले त्यसलाई अटेर गर्दै कलाकार यादवलाई नेपाल ल्याउँने तयारीमा लागेको थियो । तर प्रशासनले उनी बसेको होटलमा नै पुगेर उनलाई कार्यक्रम गर्न अनुमति नदिएपछि यस्तो घटना भएको हो । यादवलाई आयोजकले पैसा अग्रीम भुक्तानी गरिसकेको थियो । तर के कति पैसा लिएको विषयमा कलाकार यादवले मुख खोलेनन् । संञ्चारर्कीहरुले प्रश्न गर्दा उनले भने यो भित्रको कुरा हो यो विषयमा भन्न  मिल्दैन ।

    कार्यक्रम रद्द गर्न आदेश दिइएकोबारे आफूलाई जानकारी नगराइएको भन्दै यादवले रोष व्यक्त समेत गरे । ‘यदि मलाई बताइएको भए लाइभमा आएर दर्शकसामू क्षमा माग्दै आउन नसक्ने जानकारी गराउने थिएँ,’ यादवले भने । आयोजकले नै मलाई प्रशासनले रोकेको छ भने कुरा थाह नभएको उनको दाबी छ।

    कार्यक्रमका लागि आयोजक र यादवबीच गत १६ जनवरीमा मात्रै सम्झौता भएको थियो । दुई दिनअघि आयोजकलाई आफूले भिडियो पठाएको यादवले बताएका छन् । त्यतिबेलासम्म प्रशासनको आदेश आइसकेको भए पनि आफूलाई नभनिएको उनको भनाइ छ । ‘आदेश आइसक्दा पनि आयोजकले टिकट बेचिरहेका रहेछन्, मलाई थाहै थिएन,’ उनले भने ।

    कलाकर यादव मंगलबार ११ बजे महोत्सवमा उपस्थित हुने भनिएको थियो । उनी बिहान ७ बजे आफ्नो टोलीसहित नेपाल प्रवेश गरेका थिए । आयोजकका प्रतिनिधिले उनलाई स्वागत गरेका थिए । बिहान ९ बजे उनलाई बिराटनगरको एउटा होटलमा पुर्याइएको थियो । १० बजे उनी कार्यक्रममा जाने तयारी गर्दै गर्दा प्रहरीले होटलमा घेरा हालेर उनलाई जान रोकेको थियो ।

    ‘कार्यक्रम रद्द गर्न आदेश भएकाले सुरक्षाको जिम्मेवारी लिन नसक्ने प्रहरीले बताएपछि यादव रोकिएका थिए । तर, उनका टोलीका कलाकारहरु साजबाज लगायतका सामग्रीसहित कार्यक्रम स्थलमा पुगिसकेका थिए । यादव नआउने सूचना आएसँगै दर्शकहरु आक्रोशित भएर ढुंगामुढा र आगजनी गरेका हुन् । लामो समयसम्म दर्शकले विध्वंश मच्चाउँदा पनि प्रहरीको उपस्थिति देखिएको थिएन ।

    बर्जु महोत्सवको आयोजना बर्जु सामुदायिक विकास केन्द्र सुनसरीले गरेको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार