Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीमा तीन पद थपियो, नियमावली राजपत्रमा प्रकाशित !

काठमाडौं । प्रहरी नियमावली नवौं संशोधन २०७८ राजपत्रमा प्रकाशित भएको छ ।

यो सँगै प्रहरीमा थप गरिएका ९ पदमा बढुवा गर्ने बाटो खुलेको छ। नियमावली संशोधन गर्दै नेपाल प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) को पद थप गरिएको छ।

सोमबार राजपत्रमा प्रकाशित नियमावली मुद्रण विभागबाट प्रमाणित भएपछि लागू हुनेछ । विभूषण बापतको नम्बर भने कटौती गरिएको छ।

विभूषणको नम्बर बढुवामा जोडिँदा विकृति बढेको भन्दै त्यस बापतको नम्बर बढुवामा नजोडिने भएको हो। यस्तै कार्यालय सहयोगी पनि पाँच श्रेणीका हुनेछन् । यसअघि सबै एउटै तहका हुन्थे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077