Online Nepal
  • बुधबार, १० पुष २०८१
  • युक्रेनमा हस्तक्षेप रोक्न रूसमाथि दवाब

    युक्रेनमा हस्तक्षेप रोक्न रूसमाथि दवाब

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । रुसले युक्रेनमा आक्रामण गर्ने विभिन्न बहाना बनाइरहेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी अधिकारीहरूले रुसले युक्रेनमा फेरि पनि आक्रमण गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका हुन् ।

    रूसले विभिन्न बहानामा सैन्य कारबाहीहरू सञ्चालनको तयारी गरेको अमेरिकाको दावी छ । तर, अमेरिकी आरोपमा कुनै सत्यता नभएको रुसी अधिकारीले बताएका छन् । युक्रेनको गुप्तचरले रुसी सेनालाई सैन्य आक्रमणका लागि हातहतियारसहित पूर्ण तयारी अवस्थामा राखिएको जनाएको छ ।



    आक्रमणको तयारी थाल्नु अघि युक्रेनका नागरिकलाई रुसी सैन्य अधिकारीहरूले उत्तेजित बनाएको बताइएको छ । मस्कोले यसअघि नै अत्याधुनिक हतियारसहित करिब एक लाख सेना युक्रेन पठाइसकेको आरोप यूरोपेली नेताहरूले बताउँदै आएका छन् ।



    युक्रेनमा आधा दर्जनभन्दा बढी सरकारी वेबसाइटहरु ह्याक हुनुमा रुसकै संलग्नता रहेको हुनसक्ने आशङ्का गरिएको छ । आफ्नो महत्वपूर्ण र राणनीतिक सूचनाहरु लिएर रुसले आक्रमणको योजना बनाएको युक्रेनका अधिकारीहरूले दावी गरेका छन् । तर, रुसले उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन । अमेरिका र नाटोसम्बन्ध सेनाले भने रुसको सो कदमको विरोध गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार