Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगमा सर्वदलीय बैठक: राष्ट्रियसभा र स्थानीय तहको चुनावबारे छलफल

काठमाडौं । निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी रहेको छ ।

बैठकमा नेपाली कांग्रेसका रमेश लेखक, एमालेका तर्फबाट विष्णु रिमाल, निरज आचार्य र डा भीष्म अधिकारी तथा माओवादी केन्द्रका तर्फबाट लीलामणि पोखरेल एवंं नेमकिपाका प्रेम सुवालको सहभागिता रहेको छ ।

त्यसैगरी, नेपाली जनता दलका हरिचरण शाह तथा नेपाल संघीय समाजवादी पार्टीका मोहम्मद रिजवान अन्सारी पनि बैठकमा सहभागी भएको आयोगले जनाएको छ।

यसअघि आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १७ दललाई बैठकमा उपस्थितिको लागि निमन्त्रणा गरेको थियो ।

बैठकमा तीन वटा विषयमा छलफल हुने आयोगको भनाइ छ । जसमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने छ।

यसअघि गत पुस ९ गते आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते चुनावका विषयमा प्रस्ताव गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077