Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कीर्ते नागरिकता बनाउन आर्थिक चलखेल: अख्तियारद्वारा वडाध्यक्ष र सदस्यविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा भिरकोट नगरपालिका-९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडासदस्य कुल बहादुर गुरुङविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

आयोगले बिहीबार वडाध्यक्ष र वडा सदस्यविरुद्ध १ लाख ३५ हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अनुसन्धानका क्रममा गुरुङद्वयले नागरिकता बनाइदिने भन्दै सेवाग्राहीसँग १ लाख ३५ हजार घुस लिएको अनुसन्धान खुलेको आयोगको दाबी छ।

आयोगका अनुसार उनीहरुले आर्थिक प्रलोभनमा परेर दोहोरो नागरिकता बनाउन झुट्टा विवरणको आधारमा बदनियतपूर्वक गलत सिफारिस गरिदिएको भन्ने विषयमा छानबिन गर्दा भ्रष्टाचार देखिएको हो ।

उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन२०५९ को दफा ३६ बमोजिम कारवाहीको माग दाबी गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077