Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबार प्रवेश गर्न जारी गरिएको सबै प्रकारका पास खारेज (सुचनासहित)

काठमाडौं । कोभिड-१९ ओमिक्रोन भेरियन्टको संक्रमणको जोखिम बढेको भन्दै गृह मन्त्रालयले सिंहदरबार परिसरभित्र प्रवेशमा कडाइ गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर हालसम्म भएका सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयलगायतबाट जारी भएका सबै प्रकारका स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने भएको छ ।

अस्थायी वा स्थायी परिचयपत्र बनाउनुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने निर्णय गरेको छ ।

सूचना विभागबाट जारी भएको पास भएका पत्रकारहरू मात्र सिंहदरबारभित्र प्रवेश गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077