Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मल खरिदमा लाखौंको घोटाला: अख्तियारद्वारा साल्ट ट्रेडिङ सल्यानका इन्चार्जविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको मल बिक्री केन्द्रमा कार्यरत तत्कालीन जुनियर सहायक विजयकुमार पासवानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पासवानले रासायनिक मल खरिदमा मलको नियमानुसार हिसाब किताब नराखी सार्वजनिक सम्पत्तिको हिनामिना गरेको अनुसन्धानमा खुलेको  ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार सल्यान मल बिक्री केन्द्रका इन्चार्ज पासवानले मल बिक्रीको रकम आधिकारिक खातामा दाखिला नगरी आफुखुशी व्यक्तिगत खातामा रकम जम्मा गरी सार्वजनिक संस्थाको सम्पत्ति १८ लाख ७६ हजार ६४४ बराबरको मल हिनामिना गरेका थिए।

पासवानलाई भ्रष्टाचार ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम अठार लाख छयहत्तर हजार छ सय चौसठ्ठी रुपैयाँ बिगो मागदावी गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

यसअघि पनि अख्तियाले गुणस्तरहिन डिएपी मल खरिद गरि सोझा कृषकलाई मारमा परेको भन्दै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक नेत्र बहादुर भण्डारी, आपुर्तिकर्ता कम्पनीलगायत १२ जना व्यक्तिहरुबिरुद्ध १ अर्ब ५३ लाख रुपैया मागदावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077