Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जानकी प्लाष्टिक उद्योगमा भीषण आगलागी, १० करोड बराबरको क्षति

जनकपुधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-७ स्थित जानकी प्लाष्टिक उद्योगमा आज बिहान आगलागी हुँदा करिब १० करोड मूल्य बराबरको क्षति भएको छ।

विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योगका मेसिन, रसायन, कच्चा पदार्थ, तयार पारिएको मालसमान, फर्निचर तथा लत्ताकपडालगायत समान जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको प्रहरीले जनाएको छ।

जनकपुर उपमहानगरपालिकाबाट पुगेका वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077