Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापाले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौँ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्।

३००औँ पृथ्वीजन्मयन्तीका अवसरमा सिंहदरबारको पश्चिम ढोका अगाडि आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले माल्यार्पण गरेलगत्तै थापाले शाहको सालिकमा माल्यार्पण गरेका हुन्।

सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले तथा अन्य संस्थाकातर्फबाट पनि शाहको सालिकमा माल्यार्पण गरिएको थियो ।कार्यक्रममा उपस्थित राष्ट्रसेवकलगायत सर्वसाधारणले पनि उनको सालिकमा माल्यार्पण गरेका थिए ।

यसअघि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलढोकामा आइपुगेको थियो । शोभायात्राले राष्ट्रनिर्माताको सालिकमा पनि परिक्रमा गरेको थियो ।

विसं १७९९ चैत २५ गते राजा बन्नुभएका पृथ्वीनारायण शाहले ५२ राज्यमा विभक्त राज्यलाई एकीकरण गरेका थिए । विसं १८२६ मा काठमाडौँ उपत्यकाका तीन वटै राज्य विजयी गरी यहीँ राजधानी स्थापना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077