Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुई युवा पक्राउ

काठमाडौं । दाङमा पाँच तोला सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्।

राप्ती गाउँपालिका–१ निवासी गङ्गादेवी क्षेत्रीको घरबाट पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरूको साथबाट प्रहरीले सुनको बाला ५ थान, मङ्गलसूत्र दुई थान, सुनको सोली चार थान, निलो बट्टासहितको छ सय, चाँदीको सिक्का एक थान समेत गरी अन्दाजी ४ लाख ५२ हजार बराबरको सुन र ३९ हजार पाँच सय नगद र एक थान मोबाइल सेट बरामद गरेको जिप्रका दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका १ निवासी अन्दाजी १८ वर्षीय वसन्त खत्री र सोही ठाउँ निवासी अन्दाजी २३ वर्षीय खेमराज चौधरी रहेको प्रहरीले बताएको छ । खत्री र चौधरीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077