Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा एकीकृत समाजवादीद्वारा सभा, सम्मेलनका कार्यक्रम स्थगित

नेकपा (एकीकृत समाजवादी) ले सभा, सम्मेलन जस्ता धेरै व्यक्ति उपस्थित हुने कार्यक्रम हाललाई स्थगित गरिएको जनाएको छ।

साथै, पार्टीका भेला, बैठक तथा प्रशिक्षणमा तोकिएका व्यक्ति मात्रै सहभागी हुन निर्देशन दिएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको भन्दै समाजवादीले सतर्कता अपनाउन र बढी भिडभाड नगर्न निर्देशन दिएको हो।

भाइरस संक्रमण हुन नदिन सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाउन सम्पूर्ण नेपालीलाई अपिल गरिएको छ।

अध्यक्ष माधव कुमार नेपालले प्रेषित गरेको सो अपीलमा धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरू हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन समेत निर्देशन दिइएको छ।

साथै, १८ वर्ष उमेर पुरा भएका व्यक्तिहरुलाई खोप लगाउन पनि अपिल गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077