Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलको प्रश्न- प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण खोई ?

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक नगरेकोमा आपत्ति जनाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका मन्त्रीहरुले नियुक्ति भएको लामो समयसम्म पनि सम्पत्ति विवरण सार्वजनिक नगरेपछि नेता रावलले सरकारले नै कानुनको उलंघन गरेको बताए। 'प्रधानमन्त्री र मन्त्रीहरूले नियमानुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्थाको पालना नगर्नेहरूले सुशासन र कानूनको मर्यादाका लागि काम गर्छौं भन्दा जनताले कसरी पत्याउने ?' रावलले प्रश्न गरेका छन्। ट्वीटरमा उनले लेखेका छन् 'विधि र पद्धतिको पालना गर्नु तथा देश र जनताप्रति जिम्मेवार हुनु सरकारको कर्तव्य हो भन्ने स्वयं प्रष्ट छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077