Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • जबर्जस्ती करणीको घटना मिलापत्र गराउने वडा सदस्यसहित ५ जना पक्राउ

    जबर्जस्ती करणीको घटना मिलापत्र गराउने वडा सदस्यसहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २४ पुष २०७८
  • 1.5K
    SHARES

    सांकेतिक तस्विर

    कैलाली । कैलालीमा जबर्जस्तीकरणी घटना मिलापत्र गराएको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–४ जनकपुरबाट वडा सदस्यसहित ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सोही ठाउँमा बस्ने ५३ वर्षीय वडा नम्बर ४ का पूर्ववडासचिव यज्ञराज आचार्य, ५४ वर्षीय वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, ४३ वर्षीय शिक्षक होमप्रसाद सुवेदी, ३४ वर्षीय राजु भट्टराई र जबर्जजस्ती करणी गर्ने ३० वर्षीय प्रकाश सुवेदीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो ।



    मंसिर १५ गते सोही ठाउँकी ७७ वर्षीया चौधरी समुदायकी एक वृद्धालाई मदिरा सेवन गरी सुवेदीले खेतमा लगेर जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ । घटना बाहिरिने डरले अर्को दिन पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेका थिए । तर, ३ लाखमध्ये १ लाख नदिँदा घटना करिब एक महिनापछि बाहिरिएको हो ।



    उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दरखास्त प्राप्त भएपछि सोही दिन प्रतिवादीसहित मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनीहरूमाथि अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार