Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा बसे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार देउवा शनिबारदेखि आइसोलेशनमा बसेका हुन्।

माओवादी अध्यक्ष प्रचण्डलाई शुक्रबार साँझ कोरोना पुष्टि भएको थियो । प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा पुगेको सचिवालयको भनाइ छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री देउवा केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै  सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ ।

आइसोलेट हुनुअघि देउवा आज बिहान एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट समेत पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077