Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उखुबारीमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका १० कटानीमा आज शुक्रवार उखुबारीमा अर्धनग्न अवस्थामा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ ।

कटानीकी ३२ वर्षीया सावित्री देवी राम चमारको शव बरहथवा नगरपालिका ७ राम छबिला साहको उखुबारीमा स्थानीयवासीले घाँस काट्ने क्रममा फेला पारेका हुन् ।

मृतक महिलाको शरीरको विभिन्न भाग जलेकोले घटना शङ्कास्पद देखिएपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतक महिला एक हप्ताअघि देखि घरबाटै हराएको स्थानीयवासीले बताएका छन् ।

मृतक महिलाका श्रीमान् सुरत माझी दुई वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको परिवारले बताएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077