कैलाली । नेपाली काँग्रेस कैलाली जिल्ला सभापतिका लागि भीम बडुवालले उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार कैलालीमा पत्रकार सम्मेलन गरी बडुवालले सभापतिका लागि आफनो उम्मेदवारी घोषणा गरेका हुन् ।
काँग्रेस कैलालीलाई ‘हाम्रो र राम्रो’ बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
उनले लोकतन्त्रको संस्थागत विकास गर्दै आउने चुनावमा कैलालीका ५ वटै निर्वाचन क्षेत्रबाट काँग्रेसलाई जिताउन लागिपर्ने समेत बताए ।
बडुवाल नेपाली काँग्रेस संस्थापन पक्षका हुन् । काँग्रेस जिल्ला अधिवेशन माघ १५ गते हुँदैछ ।