Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादीका तीन नेतालाई कोरोना संक्रमण, प्रचण्ड पनि आइसोलेसनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका तीन जना नेताहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार कोरोना परीक्षणका क्रममा पार्टीका ३ जना नेताहरुमा रिपोर्ट पोजेटिभ देखिएको हो।

उनका अनुसार पार्टीका नेताहरुलाई कोरोना संक्रमण देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित माओवादीका अधिकांश नेताहरु 'आइसोलेसन'मा रहेका छन्।

प्रचण्डका स्वकीय सचिव गंगा दाहालले प्रचण्डका निर्धारित सम्पूर्ण भेटघाट स्थगित गरेको बताएकी छन्।

'राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं । यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ,' उनले भनेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077