Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँचथरको बरभञ्ज्याङमा आगलागी : तीन घर पूर्ण क्षति

काठमाडौं । पाँचथरमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् ।

जिल्लाको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङका जितबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा स्थानीय रामजित राई र मनबहादुर राईको घर जलेको हो।

आगलागीमा परी ती घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिए।

आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो। बरभञ्ज्याङ फालेलुङ–६ को केन्द्रका रुपमा रहेको बजार हो। विद्युत् सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077