Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • पाँचथरको बरभञ्ज्याङमा आगलागी : तीन घर पूर्ण क्षति

    पाँचथरको बरभञ्ज्याङमा आगलागी : तीन घर पूर्ण क्षति

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पाँचथरमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् ।

    जिल्लाको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङका जितबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा स्थानीय रामजित राई र मनबहादुर राईको घर जलेको हो।



    आगलागीमा परी ती घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिए।

    आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो। बरभञ्ज्याङ फालेलुङ–६ को केन्द्रका रुपमा रहेको बजार हो। विद्युत् सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार