Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुकुम्बासी आयोगले दिएको जग्गा बेच्ने मालपोतका कर्मचारीहरु विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुकुम्बासी समस्या समाधान आयोगबाट पाएको जग्गा बिक्रीमा संलग्न मालपोत कार्यालयका कर्मचारी र खरिद बिक्री कर्ताविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले मालपोत कार्यालय गुलरिया बर्दियामा कार्यरत ना.सु. शम्भु प्रसाद अधिकारीसमेत ६ जनालाई  सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो।

आयोगका अनुसार सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त जग्गा  मालपोत कार्यालयका कर्मचारीसमेतको मिलेमतोमा जग्गाधनी श्रेस्तामा २५ वर्षलाई काटी १५ वर्ष बनाई जग्गा बिक्री गरेको अनुसन्धानमा खुल्न आएको थियो ।

मालपोतको श्रेस्ता सच्याउन कर्मचारीले ३५ हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ।

घटनामा जग्गा बिक्री गर्ने चन्द्रबहादुर सुनार र जग्गा खरिद गर्ने भक्तबहादुर सुनारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077