काठमाडाैँ । महानगरीय प्रहरी प्रभाग नैकापले प्रहरी चेकिङको क्रममा घुस दिन खोज्ने दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा चितवन ईच्छाकामाना -५ का २४ बर्षीय रोशन श्रेष्ठ र काठमाडौँ चन्द्रागिरी -९ का ५४ बर्षीय केशव गोपाली रहेका छन्।
प्रहरीका अनुसार मंगलबार राति चन्द्रागिरी- ७ चेकपोष्ट नजिक चेकिङमा खटिएका बेला मापसे सेवन गरेर मोटरसाइकलमा आएका उनीहरुले पाँच सय रुपैयाँ घुस दिन खोज्नेलाई पक्राउ गरिएको हो ।
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेकोले उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।