Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार

काठमाडौं । गत नोभेम्बर १६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गोली प्रहार भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादवमाथि गोली प्रहार भएको हो ।

खुट्टामा गोली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ । उनीमाथि गोली चलाउने व्यक्तिको भने पहिचान भएको छैन ।

यादवले गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस-वे उदघाटन समारोहमा सम्बोधन गरिरहेको बेला कालो झण्डा देखाएकी थिइन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुई दिनपछि छाडेको थियो ।

घटनापछि कांग्रेस प्रवेश गरेकी उनी स्थानीय  सामाजिक कार्यकर्ताको रुपमा परिचित छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077