Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज

काठमाडौं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । बैठक सोमबार अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने तय भएको हो । पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ ।

निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य पुष्पकमल दाहाल प्रचण्डले सो बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरू चयन गर्ने जानकारी दिएका छन् ।

प्रचण्डले आइतबार महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077