Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मल खरिदमा अर्बौको घोटाला: अख्तियारद्वारा एमडी भण्डारीसहित १२ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुणस्तरहिन डिएपी मल खरिद गरि सोझा कृषकलाई मारमा पार्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक नेत्र बहादुर भण्डारी, आपुर्तिकर्ता कम्पनीलगायत १२ जना व्यक्तिहरुबिरुद्ध १ अर्ब ५३ लाख रुपैया मागदावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

किसानले सहुलियत दरमा पाउँदै आएको रासायनिक मलमा घोटला भएको अख्तियारको ठहर छ  ।

आयोगका अनुसार कृषि सामग्री कम्पनीले ताेकेकाे गुणस्तरभन्दा कमकाे मल खरिद गरी आर्थिक अनियमितामा घोटाला भएको पाइएको हो।

अख्तियारका अनुसार कम्पनी र आपूर्तिकर्ताबिच भएकाे ठेक्का सम्झाैतामा कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक बिष्णुप्रसाद पाेखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उपप्रबन्धक पुस्कर दिप बुढाले एक अर्व त्रिपन्न लाख वाइस हजार चार सय छ रुपैया वहत्तर पैसा घोटाला गरेको पाइएको छ ।

सोही मुद्धामा आयोगले प्रबन्धक भण्डारीसहित १२ जनाविरुद्ध सो रकम बराबरको बिगो माग गर्दै आइतबार विशेष अदालतमा मुद्धा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077