Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ओमिक्रोन फैलन नदिन र थप सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    ओमिक्रोन फैलन नदिन र थप सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ तथा नयाँ भेरिएन्ट ओमिक्रोन फैलन नदिन देशभरका स्थानीय तह, प्रदेश सरकार र स्वास्थ्य कार्यालयहरूलाई थप सर्तकता अपनाउन आग्रह गरेको छ ।

    कोभिड महामारी व्यवस्थापनमा दुई वर्षदेखि भइरहेको अथक प्रयास र कटिबद्धताको उच्च कदरसहित महामारीको जोखिम अझै रहेकाले सबै निकाय सतर्क र पूर्वतयारीमा रहन मन्त्रालयले आग्रह गरेको हो ।



    कोभिड-१९ का केसहरु फेरि बढ्न नदिन विभिन्न उपायहरू थप प्रभावकारिताका साथ कार्यान्वयन गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।



    महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्य मापदणहरूको पूर्ण पालना, भिडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुनेलगायतमा जोड दिनुहोला ।’

    यस्तो छ महाशाखाको विज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार