Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीके राउतका कार्यकर्तामाथि प्रहरीले गोली चलायो, पाँच जना घाइते

जनकपुरधाम  । धनुषामा प्रहरीले सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि गोली चलाएको छ ।

आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा पाँच जना कार्यकर्ताहरु घाईते भएका छन् ।

प्रहरीले गोली चलाउँदा घाईते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।

गोली लागेर गम्भीर घाईते उनीहरुलाई प्रादेशिक अस्पताल जनकपुर लगि रहेको जनमत पार्टीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077