Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रमुख प्रशासकीय अधिकृत, कांग्रेस सभापति र वडाध्यक्ष तासको खालबाटै पक्राउ

जाजरकोट। जाजरकोट भेरी नगरपालिकाका निर्मित कार्यकारी प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढालगायत अन्य वडाध्यक्षलाइ प्रहरीले आज विहान पक्राउ गरेको छ ।

सदरमुकामस्थित गैराखालीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो । आइतबार विहान उनीहरुलाई पक्राउ गरिएको प्रहरी बताएको छ ।

दुई लाख रुपैयाँ तासको खालबाट बरामद भएको र अनलाइनबाट अन्य कारोबार भएको पाइएको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार विहान ६ बजे सम्मा मुचुल्का बनाउने काम थालेर ८ बजेपछि सबैको नाम सार्वजानिक हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077