Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्वारा सर्लाही इश्वरपुर-११ का वडाध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही इश्वरपुर न.पा. ११ का वडाध्यक्ष राम दुलार साह र वडासदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायविरुद्ध सेवाग्रहीसँग घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले भलुवाई सडक निर्माण कार्य सम्पन्नपश्चात भुक्तानीको लागि सिफारिस लिन जाँदा सेवाग्राहीसँग बडाध्यक्ष राम दुलार र सदस्य उमेशले सेवाग्राहीसँग १ लाख ५० हजार घुस मागेको अभियोगमा विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार राम दुलारको निर्देशनमा सदस्यद्वय सोनेलाल र उमेशले घुसको रकम लिएका थिए । उनीहरुलाई अख्तियारले गत कार्तिक २७ गते नै पक्राउ गरेर अनुसन्धान गरेको थियो।

पक्राउ परेका तीनै जनामाथि अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको भन्‍दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077