काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको जारी महाधिवेशनमा आज (शुक्रबार) नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुने भएको छ ।
दिउँसो १ बजेबाट सुरु हुने बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् ।
गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।
यस्तै, बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गर्ने तयारी रहेको माओवादीले जनाएको छ । प्रचण्डको जवाफसँगै राजनीतिक प्रतिवेदन पारित हुनेछ ।
त्यसपछि केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ । महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्र चयन हुनेछ। पदाधिकारी भने पछि चयन गरिने नेताहरूको भनाइ छ।
Leave a Reply