Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले तोक्यो १३५ केन्द्रीय सदस्यहरुको वरियताक्रम: देउवापछि खड्का र गुरुङ, अन्तिममा को ? [सूची]

काठमाडौँ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरियता तोकेको छ।

नयाँ वरियतामा पहिलो नम्बरमा सभापति शेरबहादुर देउवा रहेका छन्।  यस्तै, दोस्रोमा उपसभापति पूर्णबहादुर खड्का र तेस्रोमा धनराज गुरूङ छन्।

यसैगरी चौंथो नम्बरमा महामन्त्री गगन थापा छन् भने विश्वप्रकाश शर्मा थापाको पछाडि छन्।

यता, १३५ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दामा अन्तिममा जीवन राना रहेका छन्। १३५ केन्द्रीय सदस्यमध्ये १३४ जना महाधिवेशनबाट निर्वाचित भएका हुन् भने शेखर कोइराला स्वत: केन्द्रीय सदस्य बनेका हुन्।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित व्यक्तिभन्दा दोस्रो बढी मत ल्याउने व्यक्ति स्वत: कार्यसमिति सदस्य हुन्छ। १६८ केन्द्रीय कार्यसमिति सदस्यीयमा बाँकी ३३ जना सभापति देउवाले मनोनित गर्न बाँकी नै छ।

हेर्नुहोस् वरियता क्रमको सूची: 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077