Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्लाहीको ईश्वरपुरमा आज साँझसम्म निषेधाज्ञा

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा मंगलबारदेखि जारी निषेधाज्ञा आज पनि कायमै छ ।

गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनी भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मंगलबार अपरान्ह ३ बजेदेखि जारी गरेको निषेधाज्ञा बुधबार साँझ ७ बजेसम्म कायम रहने छ ।

निषेधित क्षेत्रमा भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने प्रशासनले चेतावनी दिएको छ ।

निषेधाज्ञा जारी रहने क्षेत्र

ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पुर्व ईश्वरपुर नगरपालिका–४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका–८ रामपुर टोलसम्म ।

ईलाका प्रहरी कार्यालय, केशरगंज सर्लाहीबाट उत्तर ईश्वरपुर नगरपालिका–५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका–९ खोरिया टोलसम्म ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077