Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

बीबीसी मास्टरसेफ प्रोफेसनल्स 'रिम्याच'को उपाधि सन्तोष साहलाई

काठमाडौँ। बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले अबीबीसी मास्टरसेफ प्रोफेसनल्स 'रिम्याच'को उपाधि जितेका छन् ।

बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा सेफ सन्तोष साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका हुन्।

सिरहाका ३४ वर्षिय शाहले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए।

विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुनः अवसर दिँदै सो प्रतिस्पर्धा गराइएको हो। प्रतिस्पर्धामा सन् २०१७ का फाइनलिष्ट जेमी पार्क र सन २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली सहभागी थिए।

शाहले भविष्यमा सेन्टर लण्डनमा नेपाली परिकारका खाना सहितको रेष्टुरेन्ट खोल्ने घोषणा गरेका छन्। उनले नेपालका विभिन्न भेग तथा जातजातिका मौलिक खाना तथा मसलाहरूको अध्ययन गरेर ‘आयला’ नामको पुस्तक समेत प्रकाशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077