Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्व. गिरिजालाई स्मरण गर्दै शंकर पोखरेलले भने- नेपालमा क्रान्ति भयो, परिवर्तन भएन

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रको आठौं महाधिवेशनको सफलताको लागि शुभकामना ब्यक्त गरेका छन्।

आइतबारबाट सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले आगामी नयाँ कार्यकालको सफलताको लागि शुभकामना ब्यक्त गरे।

एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पार्टी प्रतिनिधिका रुपमा उपस्थित भएका पोखरेलले सम्बोधनमा लामै समय खर्चिए ।

माओवादीसँगको एमाले एकताले बनेको नेकपादेखि जनयुद्दका स्मरण गरेका पोखरेलले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आगामी नयाँ कार्यकालको शुभकामना समेत दिए।

कार्यक्रममा पोखरेलले नेपाली जनताले क्रान्ति मात्र होइन परिवर्तन पनि खोजेको बताए । देशमा क्रान्ति पटक पटक भएको तर जनताले अनुभूति गर्ने गरी परिवर्तन नभएको पोखरेलको भनाइ छ।

सम्बोधनमा पोखरेलले स्वर्गीय नेता गिरिजाप्रसाद कोइरलालाइ समेत स्मरण गरे।

‘गिरिजाप्रसाद कोइरालाले पटक पटक भन्नुहुन्थ्यो- एउटै व्यक्तिले तीन तीनवटा आन्दोलनको नेतृत्व गर्नुपर्‍यो,’ पोखरेलले भने, ‘तर, मलाई खल्लो लाग्थ्यो, नेपालमा क्रान्ति भयो । परिवर्तन भएन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077