Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्वारा चितवनका मालपोत अधिकृत र अमिनविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० मा करारमा कार्यरत अमिन बिरेन्द्रबहादुर कठायतविरुद्ध सेवाग्रहीसँग घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगले मालपोत अधिकृत पौडेलविरुद्ध अंश बण्डा एवं बाटो कायम गरी जग्गा धनीपूर्जा बनाइदिएबापत सेवाग्राहीसँग ५० हजार घुस मागेको अभियोगमा विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।

त्यस्तै, शुक्रबार नै आयोगले भरतपुर महानगरपालिका-२० मा करारमा कार्यरत बिरेन्द्रबहादुर कठायतले सोही कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग एक लाख ५० हजार नगद र तीन लाख ५० हजार गरी पाँच लाखको चेक लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको भन्‍दै चितवन मालपोत कार्यालयका अधिकृत पौडेलसँग ५० हजार र करारमा कार्यरत अमिन कठायतसँग पाँच लाख बिगो माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077