Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१४ वैशाखमा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगका अनुसार शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग भएको छलफलमा सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरिएको हो  ।

आयुक्त यदि कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण  तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको थपलियाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077