Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा लमजुङबाट १३ प्रतिनिधि छनोट

लमजुङ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनका लागि लमजुङबाट १३ जना छनोट भएका छन् । १-१३ पुस काठमाडौंमा तय भएको माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्यसहित १३ जना प्रतिनिधिले सहभागिता जनाउने भएका हुन् ।

सदस्य संख्याको आधारमा राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट हुनेमा जिल्ला समन्वय कमिटी संयोजक एवं गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी, नेता बुद्धिराम गुरुङसहित सरोश शर्मा र सुनिल सुनार छन् ।

केन्द्रीय सल्लाहकार ऋषिराम पौडेल, चित्रबहादुर कार्की (सिवी) र हिमकुमारी सुनार पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट भएका छन् भने जेष्ठ नागरिक कम्युनिष्ट मञ्चका पूर्णबहादुर गुरुङ र युवराज पराजुली पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट भएका छन् ।

माओवादी केन्द्र लमजुङका अनुसार जिल्लामा पार्टी सदस्य संख्याको आधारमा चार जना छनोट भएका हुन् भने पार्टीको प्रदेश कार्यालय बैठकले थप दुईजना छनोट गरेको हो । सो बाहेक नेकपा माओवादी प्रदेश कार्यालय बैठकले जिल्लाका सतिमाया तामाङ र मोहमद जलालद्धिन मियालाई राष्ट्रिय सम्मेलन प्रतिनिधीको रुपमा छनोट गरेको हो ।

पार्टीको केन्द्रीय सदस्य समेत रहेका देवेन्द्र पराजुली र केन्द्रीय प्रतिनिधि पारसमणि पौडेल पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि भएका छन् ।

माओवादी केन्द्रले वडा, टोल, पालिका हुँदै प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ । लमजुङमा पनि वडासहित जिल्लाका ८ वटा स्थानीय तहमध्ये सात वटामा नेतृत्व चयन भइसकेको छ । पोखरामा सम्पन्न प्रदेश अधिवेशनबाट लमजुङका १३ जना प्रदेश कमिटीमा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077