Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • माओवादीको राष्ट्रिय सम्मेलन: खाना र बस्न आफ्नै, खाजामा मासु चिउरासहित पनिरका भेराइटी

    माओवादीको राष्ट्रिय सम्मेलन: खाना र बस्न आफ्नै, खाजामा मासु चिउरासहित पनिरका भेराइटी

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुलाई दिउँसोको खाजाको मात्र व्यवस्था गर्ने जनाएको छ। सम्मेलनमा आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित प्रतिनिधिले गर्न निर्देशन दिँदै दिउँसोको खाजा मात्र पार्टीले ब्यबस्था गर्ने भएको हो ।

    पार्टीको राष्ट्रिय सम्मेलन व्यवस्थापन समितिका संयोजक हितमान शाक्यका अनुसार सम्मेलनमा आउने प्रतिनिधिलाई आवतजावतसहित बिहान बेलुकाको खाना तथा बसोबासको ब्यवस्थापन स्वयंलाई गर्न भनिएको छ।



    ‘पाँच दिनसम्म दिउँसोको खाजा भने पार्टीले खुवाउनेछ,’ शाक्यले भने, ‘पाँच दिन फरक फरक खाजाको मेनु बनाइएको छ।’ शाक्यका अनुसार मासु चिउरासहित पनिरलगायतको भेराइटीहरु दिउँसोको खाजाका मेनुमा राखिएको छ।



    यस्तै, माओवादीले पार्टीको सम्मेलनको उद्घाटनसत्रमा अन्य राजनीतिक दल तथा विदेशी प्रतिनिधिलाई निम्तो नदिने भनेको छ। ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नाराका साथ सम्मेलनमा एक हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने पार्टीको जनाएको छ।

    बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित प्रेस सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले सम्मेलनबारे जानकारी दिएका थिए । जसमा प्रदेश कमिटीबाट ८ सय ३ जना प्रतिनिधि सहभागी हुनेछन् ।

    प्रवक्ता महराका अनुसार सम्मेलनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । हाल भक्तपुर, ललितपुर र काठमाडौंमा गेट बनाउने, आकाशे पुलमा ब्यानर राख्नेलगायतका काम भइरहेका छन्।

    सम्मेलन यही ११ पुसबाट काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा सुरु हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार