Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस प्रदेश -२ को अधिवेशन भोलि हुने

काठमाडौँ। नेपाली कांग्रेस प्रदेश -२ को नेतृत्व चयनका लागि भोलि (बिहीबार) बिहान मतदान हुने भएको छ । निर्वाचन मिति आजै तय गरिएको भएपनि सभापति शेरबहादुर देउवा पक्षले  भोलि बिहिबार विहान मतदान गरन माग गरेपछि बिहिबार विहान ८ बजे देखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

मतदानका विषयमा बुधबार सभापति देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद हुँदा  झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो । निधि पक्षले आजै मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो ।

प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077