Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस प्रदेश -२ को अधिवेशन भोलि हुने

    कांग्रेस प्रदेश -२ को अधिवेशन भोलि हुने

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ। नेपाली कांग्रेस प्रदेश -२ को नेतृत्व चयनका लागि भोलि (बिहीबार) बिहान मतदान हुने भएको छ । निर्वाचन मिति आजै तय गरिएको भएपनि सभापति शेरबहादुर देउवा पक्षले  भोलि बिहिबार विहान मतदान गरन माग गरेपछि बिहिबार विहान ८ बजे देखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

    मतदानका विषयमा बुधबार सभापति देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद हुँदा  झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो । निधि पक्षले आजै मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो ।



    प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार