Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस प्रदेश २: सभापतिमा रामसरोज र रामकृष्ण भिड्दै, कसको सम्भावना बढी ?

काठमाडौँ । नेपाली कांग्रेस प्रदेश २ का सभापतिका लागि रामसरोज यादव र रामकृष्ण यादवले उम्मेदवारी दर्ता गरेका छन्।

हिजो मंगलबार  यादवद्वयले सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्ता गरेका रामसरोज प्रदेश २ कांग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री पनि हुन् । विमलेन्द्र निधिनिकट मानिने रामसरोजलाई प्रदेश सभापतिमा कांग्रेस नेता डा शेखर कोइराला पक्षले पनि समर्थन गरेका छन्।

यस्तै, सभापतिमा उम्मेदवारी दर्ता गरेका अर्का उम्मेदवार रामकृष्ण सभापति शेरबहादुर देउवा पक्ष मानिन्छन् ।

सभापतिमा उम्मेदवारी दिएका दुबैले पार्टीभित्रको गुट, उपगुट हटाउँदै आगामी निर्वाचनमा पार्टीलाई मजबुत स्थितिमा पुर्‍याउने बताएका छन्।

यसअघि अधिवेशनको मंसिर १६ गते नै उद्घाटन भएपनि सर्लाहीसहित केही जिल्लाबाट प्रतिनिधि छनोट नभएकाले निर्वाचन कार्यक्रम स्थगित भएको थियो।

मंगलबार उम्मेदवारी दर्ता भएपछि आज बिहानैदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077