Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चोलेन्द्रले बोलाए न्याय सेवा आयोगको बैठक, बारले भन्यो- सहभागी हुँदैनौं

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन् ।

करिब दुई महिनादेखि आफ्नो राजिनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि आफूसँग इजलास सेयर गर्न अस्वीकार गरिरहेको अवस्थामा जबराले बुधबारका लागि आयोगको बैठक बोलाएका हुन् ।

स्रोतका अनुसार आयोगले यसअघि सञ्चालन गरेको जिल्ला न्यायाधीशहरुको परीक्षाको नतिजा प्रकाशनका लागि आयोगको बैठक बोलाइएको हो ।

यता, प्रधानन्याधीश जबराविरुद्ध आन्दोलित नेपाल बारले भने जबराले नेतृत्व गर्ने न्याय सेवा आयोग, न्याय परिषद् जस्ता संस्थाका बैठकमा सहभागी नहुन आग्रह गर्दै सदस्यहरुलाई पत्राचार गरेको छ ।

प्रधानन्यायाधीश जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077