Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित, पदाधिकारीमा को-को विजयी ? (सुचीसहित)

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री चयन भएका छन् ।

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका हुन् । सोमबार भएको मतदानमा पौडेलले दिनानाथ गौतमलाई पराजित गरेका हुन् । पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्र ल्याउन सके ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी चयन भएका छन्। सचिवमा इन्द्रबहादुर थिङ तथासहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077