Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • राष्ट्रियसभामा एमाले सांसदहरुको अवरोध कायमै, बैठक अनिश्चितकालका लागि स्थगित

    राष्ट्रियसभामा एमाले सांसदहरुको अवरोध कायमै, बैठक अनिश्चितकालका लागि स्थगित

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सांसदको अवरोधपछि राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

    सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै बैठक चल्न नसकेको बताए ।



    एमालेले कारबाही गरेका व्यक्तिहरू सदनमा रहेको भन्दै दाहालले प्रतिपक्षी दलविनाको सर्वदलीय बैठक बस्नेदेखि विकास निर्माणमा ढिलासुस्ती र महंगी बढिरहेका बेला सरकार चुप लागेर बसेको आरोप लगाए ।



    आरोपपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसबारे ध्यानाकर्षण भएको र प्रतिपक्षी दलको माग सम्बोधन गर्न सम्बन्धित पक्षलाई रुलिङ गर्दै सदन चल्न दिन एमाले सांसदसँग आग्रह गरे ।

    तर, एमाले सांसदहरूले उठेर मौन रुपमा विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले भने, ‘आजको कार्यसूचीमा समावेश भएको विषयलाई कार्यसूचीबाट हटाएको व्यहोरा जानकारी गराउँदछु । माननीय सदस्यहरूअब अर्काे बैठक अर्काे सूचनाद्वारा तोकिने गरी यो बैठक स्थगित हुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार