Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकालाई काउन्टर दिन चीनले बनायो संसारकै तेस्रो ठूलो वायु सैन्य बल

एजेन्सी। चीनको पिपुल्स लिवरेसन आर्मी एयर फोर्स (पीएलएएएफ) र पिपुल्स लिवरेसन आर्मी नेभी (पीएलएएन)ले संसारकै तेस्रो ठूलो वायु सैन्य बल बनाएको छ ।

ताईवानमा अमेरिकी सेनाको सक्रियतापछि चीनले तेस्रो ठूलो वायु सैन्य बलबनाएको दाबी गरेको छ ।

एजेन्सीहरुका अनुसार  ड्रोन र ट्रेनर विमानबाहेक पीएलएएएफ र पीएलएएनसँग हालः हाराहारी २८ सय सैन्य विमान छन्। जसमध्ये २२ सय ५० लडाकु विमान हुन् भने ६ सय विमान फोर्थ जेनेरेसन जेट विमान हुन्।

लामो दूरीसम्म वायु शक्ति ओगट्न, आक्रामक र रक्षात्मक कार्यको लागि चीनले वायु क्षमता तयार गरेको अमेरिकी एक रिपोर्टमा उल्लेख छ।

हालसम्म संसारमा सबैभन्दा ठूलो वायु सेना बल अमेरिकासँग छ भने दोस्रो ठूलो वायु सेना बल रुससँग रहेको वताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077