Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओमिक्रोन संक्रमित देशबाट नेपाल भित्रिने यात्रुले क्वारेन्टिइन बस्नु नपर्ने

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै ६७ देशबाट नेपाल भित्रने यात्रुलाई अनिवार्य होटल क्वारेन्टिइन बस्नुपर्ने निर्णय तत्काल रोकिएको छ  ।

शुक्रबार विभागले एक विज्ञप्ति जारी गर्दै कोभिड ओमिक्रोनको खतरा रहेका ६७ देशबाट यात्रा गर्नेलाई आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिनमा र अर्को ७ दिन होम क्वारेन्टिनमा बस्न आदेश दिएको थियो ।

तर, अध्यागमन विभागले शनिबार एक सूचना जारी गर्दै यसअघि शुक्रबार गरिएको निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ।

शुक्रबारको सूचनामा होटेल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने र परीक्षणमा रिपोर्ट नेगेटिभ आए घर गएर थप सात दिन आइसोलेसनमा बस्नुपर्ने आदेश दिइएको थियो।

यस्तो थियो अध्यागमन विभागले शुक्रबार जारी गरेको सूचना: 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077