बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकमसहित एक जना नायब सुब्बालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ का वडा सचिव नायव सुब्बा मोहम्मद सिद्धिक रहेका छन्।
आयोगका अनुसार ना.सु. सिद्धिकले विवाह दर्तामा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३ हजार घुस माग गरिरहेका थिए । सोही सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई घुसको रकमसहित पक्राउ गरेको हो ।
यस बिषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
Leave a Reply