Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आज पत्रकार सम्मलेन गर्दै महासचिव शंकर पोखरेल

    आज पत्रकार सम्मलेन गर्दै महासचिव शंकर पोखरेल

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज  पत्रकार सम्मेलन गर्दैछन् ।

    मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।



    केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ । चितवनमा १०-१४ मंसिरमा भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।



    बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार